
२८ असोज, विराटनगर । सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा भेटिएको छ ।
शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताए ।
उनका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ उनले भने, ‘सिरहाबाट अपहरण गरेको कुरा आएको छ, थप अनुसन्धान हुँदैछ । ’
युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4