+

कान किन चिलाउँछ ?

२०८० वैशाख  १ गते १६:५० २०८० वैशाख १ गते १६:५०
कान किन चिलाउँछ ?

कान चिलाउने समस्यालाई हामीमध्ये धेरैले बेवास्ता गरिरहेका हुन्छौं । कान चिलाउने धेरै कारण हुन सक्छन् । कान सुक्खा भएर, कानमा तेल हाल्दा, पानी पस्दा, कानेगुजी जम्मा भएर, कानभित्र चाया परेर, ढुसी परेर कान चिलाउने हुन्छ ।

कान चिलाउने समस्या सामान्य सोचेर बस्दा पछि जटिल अवस्था समेत आउन सक्छ । कान किन चिलाउँछ ? यसबारे यहाँ चर्चा गरिन्छ ।

कान सुक्खा भएर

कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।

कानेगुजी जम्मा भएर

कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।

कानमा पानी पसेर

कानमा पानी पर्‍यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।

ढुसी परेर

कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।

एलर्जी भएर

खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।

कान जति कोट्यायो उति चिलाउँछ

कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।

कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।

कान चिलाएमा तेल लगाउन मिल्छ ?

कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।

तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।

(नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कान
लेखक
डा. योगेश न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?