१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ । नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।
अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो ।
प्रतियोगितामा राम्रो सुरुवात गरेको हङकङ भने अन्तिम खेलमा हारपछि समूह चरणबाटै बाहिरिएको छ ।
फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4