+

एएफसी कपको प्रारम्भिक छनोटमा मछिन्द्रले भुटानको पारो एफसीसँग खेल्ने

२०८० असार  ६ गते १४:१२ २०८० असार ६ गते १४:१२
एएफसी कपको प्रारम्भिक छनोटमा मछिन्द्रले भुटानको पारो एफसीसँग खेल्ने

६ असार, काठमाडौं । एसियाली फुटबल महासंघले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिता एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र एफसीले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालको लिग उपविजेताको हैसियतमा मछिन्द्रले यसपल्ट एएफसी कप छनोट खेल्न पाएको हो ।

लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रलाई फाइदा भएको हो ।

मछिन्द्र, भित्रुवन आर्मी र एपीएफ फुटबल क्लबसँग मात्र एएफसी क्लब लाइसेन्स छ ।

मछिन्द्र र पारोबीचको खेल २३ साउनमा हुनेछ । यो खेल कहाँ खेलिने भन्नेबारे प्रष्ट नभए पनि एएफसीको वेवसाइटमा उल्लेख भएअनुसार मछिन्द्रले पारोको आतिथ्य गर्नेछ ।

यो खेलको विजेताले त्यसको एक सातापछि ३१ साउनमा भारतीय क्लब मोहन बगानसँग प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

दक्षिण एसियाली क्षेत्रबाट बंगलादेशको अबहानी लिमिटेड ढाकाले ३१ साउन (अगष्ट १६)मा प्राम्भिक छनोटको दोस्रो चरणमा माल्दिभ्सको क्लब इगलसँग खेल्नेछ ।

दोस्रो चरणका दुई विजेताबीच मुख्य छनोट स्पर्धामा प्रवेश पाउनका लागि प्लेअफ खेल हुनेछ । यो खेल ५ भदौमा (२२ अगष्ट)मा हुनेछ ।

मछिन्द्रले गत सिजन एएफसी कप प्रारम्भिक छनोटको पहिलो चरणमा श्रीलंकाको ब्लूस्टार एफसीसँग प्रतिस्पर्धा गरेको थियो । दशरथ रंगशालामा भएको सो खेलमा घरेलु क्लब २–० ले पराजित भएको थियो ।

एएफसी कप मछिन्द्र एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय