+

चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल हुने

२०८० साउन  ३१ गते १५:१९ २०८० साउन ३१ गते १५:१९
चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल हुने

३० साउन, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’ आयोजना गर्ने भएको छ ।

अगष्ट १७ र १८ तारिखमा प्रतियोगिता आयोजना गर्न लागेको कलेजले जानकारी दिएको छ ।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा फुटसल आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ईएस्एम्टी, सिल्भर माउण्टेन, प्राइम्, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने कलेजले जनाएको छ ।

व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

द ब्रिटिस कलेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय