+

झापा एफसीले भित्र्यायो स्पेनिस प्रशिक्षक

२०८० असोज  १८ गते १८:०९ २०८० असोज १८ गते १८:०९
झापा एफसीले भित्र्यायो स्पेनिस प्रशिक्षक

१८ असोज, काठमाडौं । झापा एफसीले आगामी नेपाल सुपर लिग एनएसएलका लागि स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो सेगुरालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट दिएको जानकारी अनुसार सेगुरा यूईएफए ए लाइसेन्स प्राप्त हुन् ।

उनले कम्बोडियाका प्रिमियर क्लबहरुमा प्रमुख प्रशिक्षक र फिनल्यान्ड, नर्वे लगायत क्लबमा सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् ।

उनको नियुक्तिले क्लब तथा समग्र नेपाली फुटबलमा योगदान पुग्ने विश्वास गरिएको झापा एफसीका अध्यक्षा अर्पण विक्रम खड्काले बताए ।

‘झापा एफसीमा कोच ओरिओल मोहेडानो सेगुरालाई स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ उनले भने, ‘उनको प्रशिक्षण अनुभवले हाम्रो टोलिलाई नेपाल सुपर लिग दिलाउनेमा ढुक्क छौं ।’

क्लबका महासचिव तथा प्रवक्ता सुजन गौतमले फुटबल क्षेत्रमा सेगुराको विशेषज्ञताले आफूहरुको प्रदर्शनमा सुधार मात्र नगरी नेपालको फुटबलको विकासमा पनि योगदान पुग्ने दाबी गरे ।

प्रशिक्षक ओरिओल मोहेडानो सेगुराले नयाँ चुनौतीलाई तयार रहेको बताए ।

‘झापा एफसीले नेपालको फुटबलको स्तर बढाउन राम्रो प्रयास गरिरहेको छ र नेपाल जस्तो सुन्दर देशमा फुटबलको विकासमा योगदान गर्न पाउँदा आफूले अवसर र चुनौती दुवैको रूपमा लिएको छु’, उनले भने, ‘मेरो लक्ष्य एक प्रतिस्पर्धी र सफल टोली सिर्जना गर्ने, नेपाली फुटबलमा स्पेनिस शैली प्रयोग गरी फ्यानहरूलाई गर्वित बनाउने रहेको छ ।’

झापा एफसीले एएफसी ए लाइसेन्स प्रशिक्षक चेतन घिमिरेलाई यसअघि सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट झापा एफसीको मार्की खेलाडी छन् ।

एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा हुँदै छ । झापा एफसीले मंसिर ११ गते आफ्नो पहिलो खेल स्पोर्टिङ डी ईलामसँग खेल्ने छ ।

एनएसएल झापा एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय