+

टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न कुवेत नेपाल आउने

२०८० असोज  १८ गते २०:०४ २०८० असोज १८ गते २०:०४
टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न कुवेत नेपाल आउने

१८ असोज, काठमाडौं । कुवेतले अक्टुबर अन्तिममा हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्ने भएको छ ।

उपक्षेत्रीय एसिया छनोटको खेलमा आज बिहीबार साउदी अरेवियालाई ४ विकेटले हराउँदै कुवेतले नेपालको टिकट पक्का गरेको हो ।

जितका लागि पाएको १७४ रनको लक्ष्य कुवेतले ६ विकेट गुमाएर खेल सकिन १० बल बाँकी भेट्टायो ।

बहराइन, हङकङ र यूएई रहेको समूह बीमा परेको कुवेतले पहिलो खेल ३० अक्टुबरमा हङकङसँग खेल्ने छ ।

अर्को समूहमा भने आयोजक नेपालसहित ओमान, मलेसिया र सिंगापुर छन् ।

हरेक समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल खेल्ने २ टिमले आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउने छन् ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय