 
																						फाइल तस्वीर								
											६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण सुरु कहिले हुन्छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले यस्तो प्रश्न गरेका हुन् ।
सांसद पाण्डेले सभामुखमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग उक्त परियोजना निर्माण सुरुबारे जवाफ समेत माग गरेका छन् ।
साथै सांसद पाण्डेले बन्दीपुरमा वडाध्यक्षबाट सचिवमाथि भएको कुटपिटको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।
बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटपिटबाट घाइते भएका सचिव भुसालको निशुल्क उपचारको व्यवस्था गर्न माग राख्दै कर्मचारीहरूको सुरक्षा र कानुन अनुसार काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4