News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका दुई खेलाडी प्याट कमिन्स र ट्राभिस हेड आईपीएलको बाँकी खेल खेल्न सनराइजर्स हैदराबादको टोलीमा फर्किने भएका छन्।
- कमिन्सले जिम्मेवारीको रुपमा टोलीमा फर्किने संकेत दिएका छन् र उनका म्यानेजरले पनि यसलाई पुष्टि गरेका छन्।
- हैदराबादले २ खेल बाँकी रहेपनि प्लेअफ होडबाट बाहिरिसकेको छ।
३१ वैशाख, काठमाडौं । अस्ट्रेलियाका दुई खेलाडी प्याट कमिन्स र ट्राभिस हेड आईपीएलको बाँकी खेल खेल्न सनराइजर्स हैदराबादको टोलीमा फर्किने भएका छन्।
हैदराबादको कप्तान समेत रहेका कमिन्सले जिम्मेवारीको रुपमा टोलीमा फर्किने संकेत दिएका छन्। उनका म्यानेजर निल म्याक्सवेलले पनि ‘प्याटले कप्तानको जिम्मेवारी पूरा गर्न फर्कन लागेका छन्’ भन्दै पुष्टि गरेका छन्।
हैदराबादका लागि उपलब्ध विदेशी खेलाडीहरूमा ट्राभिस हेड, प्याट कमिन्स, हेनरिक क्लासेन, कमिन्दु मेन्डिस, वियान मुल्डर र ईशान मालिंगा रहेका छन्।
हैदराबाद २ खेल खेल्न बाँकी भएपनि प्लेअफ होडबाट भने बाहिरिसकेको छ ।
प्रतिक्रिया 4