+

कोलकातामाथि हैदराबादको फराकिलो जित

२०८२ जेठ  ११ गते २३:३६ २०८२ जेठ ११ गते २३:३६
कोलकातामाथि हैदराबादको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सनराइजर्स हैदराबादले आईपीएल २०२५ को अन्तिम खेलमा फराकिलो जित हासिल गरेको छ।
  • हैदराबादले २७८ रनको विशाल योगफल बनाएको थियो ।
  • यस जितपछि हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन समाप्त गरेको छ ।

१० जेठ, काठमाडौं । सनराइजर्स हैदराबादले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । हैदराबादले कोलकातालाई ११० रनले हराएको हो ।

हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । हर्श दुबेले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । इशान मलिंगाले पनि ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको विशाल योगफल बनाएको थियो । हेनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रनको शतकीय पारी खेले । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।

त्यस्तै ट्राभिस हेडले ७६ रन बनाउँदा अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए । कोलकाताका सुनिल नारियनले २ विकेट लिँदा वैभव अरोराले १ विकेट हात पारे ।

यस जितपछि हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन टुंग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अंकमा सीमित भयो ।

अब आईपीएलमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । सोमबार पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय