+
+
Shares

मुलुकको शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मंगलबार काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नुपर्ने बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा प्रणालीमा युग अनुकूल सुधार गर्नुपर्ने बताइन्।
  • उनीहरूले गुणस्तरीय शिक्षाबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य व्यक्तिहरू तयार गर्न आवश्यक रहेको बताए।
  • उनीहरूले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्न जोड दिए।

२० जेठ, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएकी छिन् ।

मंगलबार काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युग अनुकूल सुधार गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘कुनैपनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रुपमा गाँसिएको हुन्छ । अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने, शिक्षित व्यक्तिको उत्पादनमा रहनु हुँदैन । परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्ततरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार तयार पार्ने हुनुपर्दछ ।’

शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहन नहुने भन्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक रहेको धारणा राखिन् ।

‘प्राप्त अवसरहरुको प्रभावकारी उपयोग गर्न र चुनौतीहरुको सामना गर्नको लागि हामीले हाम्रा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नसक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ ।’ उनले भनिन् ।

उनले युवाशक्तिको तीव्र विदेश पलायनको चुनौतीलाई रोक्न शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक रहेको बताइन् ।

‘सूचना तथा सञ्चार, प्रविधि र यातायातको तिब्र विकासको कारण आजको विश्व एउटा गाउँजस्तै बन्न पुगेको छ,’ उनले भनिन्, ‘विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोकाहरु खोलिरहेको छ भने अर्कातिर केही चुनौतिहरु पनि थपिएका छन् ।’

त्यस्तै भण्डारीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

उनले राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको जिकिर गरेिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?