+
+
Shares

भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ बन्न सक्नुपर्छ नेपाल : पुन

प्रचण्ड सरकारले आर्थिक विकासको दृष्टिकोणका साथ नेपाल-भारत र चीनलाई व्यापार, यातायात र पूर्वाधार विकासमा जोड्ने गरी उत्तर-दक्षिण करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन \'अनन्त\'ले नेपाललाई ‘भाइब्रेटिङ ब्रिज’को रुपमा विकास गर्नुपर्ने बताएका छन्।
  • उनीले नेपाललाई दुई छिमेकी भारत र चीनको आर्थिक र यातायात सेतुको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
  • उनले उत्तर-दक्षिण करिडोर र पर्यटन र उद्योगको विकासमा जोड दिनुपर्ने औंल्याए।

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रुपमा विकास गर्ने सम्बन्धी एक छलफल कार्यक्रममा बिहीबार उनले नेपाललाई ‘बफर स्टेट’ का रुपमा नभई तीव्र आर्थिक विकासका दृष्टिले ‘भाइब्रेटिङ ब्रिज’ अर्थात् जीवन्त सेतुका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

विश्वको दोश्रो र तेश्रो ठूलो अर्थतन्त्रको बीचमा रहेको नेपाललाई उनीहरुले गरेको विकासको प्रत्यक्ष लाभ लिन ‘भाइब्रेटिङ ब्रिज’ को नीति प्रभावकारी हुने उनले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री भएका बेला ०६४ सालमा उत्तर दक्षिण करिडोरको अवधारणा अघि सारेको भन्दै उनले त्यसले दुई छिमेकीबीच ‘भाइब्रेन्ट ब्रिज’को काम गर्ने बताए ।

प्रचण्ड सरकारले आर्थिक विकासको दृष्टिकोणका साथ नेपाल-भारत र चीनलाई व्यापार, यातायात र पूर्वाधार विकासमा जोड्ने गरी उत्तर-दक्षिण करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएको उनले बताए ।

हाल कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतमा पूर्वाधार विकासको काम जारी छ ।

‘नेपाल विश्वको दोश्रो र तेश्रो ठूलो अर्थतन्त्रको बीचमा छ’, पुनले भने, ‘कूटनीतिक सम्बन्ध थप सुदृढ गरेर आर्थिक विकासका लागि उत्तर र दक्षिणको अर्थतन्त्र जोड्न नेपालले ‘भाइब्रेटिङ ब्रिज’ को रुपमा काम गर्नुपर्छ ।’

पुनले उत्तर–दक्षिण करिडोरलाई भौतिक पूर्वाधार र कनेक्टिभिटीका साथै धार्मिक, सांस्कृतिकका साथै पर्याय पर्यटन तथा सहरीकरण र कृषि जोन विकासको अवधारणामा लैजानुपर्ने औंल्याए ।

‘यस्ता करिडोरहरुले पहिला जनतालाई जोड्छ, अर्को सांस्कृतिक र आर्थिक रुपले जोड्छ’, पुनले भने ।

फरक प्रसंगमा उनले कोभिड–१९ महामारी अगाडि सन् २०१९ मा चीनबाट १४ करोड र भारतबाट ५ करोड मानिस घुम्नका लाग विश्वका विभिन्न देश निस्किएको बताउँदै केही वर्ष रोकिएको यो क्रम आगामी वर्षबाट फेरि सुरु हुन लागेको बताए ।

१४ चिनियाँ र ५ करोड भारतीयमध्ये केही प्रतिशत मात्र नेपाल ल्याउन सकिए नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने उनको भनाइ छ ।

पुनले नेपालले उत्पादनमूलक उद्योगमा चीन र भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने भए पनि पर्यटनमा प्रतिस्पर्धाको सम्भावना रहेको औंल्याए ।

‘चीन र भारतका ‘मास प्रोडक्सन’ गर्ने उद्योगहरुसँग हामी प्रतिस्पर्धा गर्न नसकौंला’, पुनले भने, ‘तर, हाम्रा हिमाल, संस्कृति, जातजाति, भाषा, भेषभुषा, पहाड र सभ्यताहरुले न चीन न भारत कोहीसँग प्रतिस्पर्धा गर्नुपर्दैन, हाम्रो प्रतिस्पर्धा हामीसँगै हो ।’

फरक प्रसंगमा उनले घरेलु मदिरालाई ब्रान्डिङ गरी उद्योगको रुपमा वैधता दिने र मापदण्ड बनाएर औषधीय गुण भएको जाँगा खेती खुलाउन आफूले अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्षको बजेटमा समावेश गरेका कार्यक्रम वर्तमान सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाए ।

मुलुकको अर्थतन्त्रको विकासका लागि यी दुई वस्तुमा राज्य सञ्चालक उदार हुनैपर्ने पुनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?