+
+
Shares

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यस्त हुनु मतलब उत्पादक हुनु होइन, समयको सही सदुपयोगबाट सफलता प्राप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।
  • ठूला सफलता प्रायः असफलता पछि नै आउँछ र असफलतालाई अँगाल्न तयार हुनु आवश्यक छ।
  • धैर्य र दृढ मानसिकता सफलताको मुख्य सूत्र हुन्, निराशा र हतोत्साहित हुँदा पनि राम्रो मनोवृत्ति कायम राख्नुपर्छ।

व्यस्तता, भागदौड, हतारो अनि दिमागभरि बोझ । हामीमध्ये धेरैको जीवन यतिबेला यस्तै दौडधुपमा सीमित छ । बिहानदेखि साँझसम्म समयसँग लड्दै, केही नछुटोस् भनेर कुदिरहन्छौं । तर यसै हतारोमा कतै न कतै आफूलाई नै बिर्सिरहेका हुन्छौं ।

कहिले थकित महसुस गर्छौं, कहिले निराश । कहिले सबै कुरा मिलेकोजस्तो लाग्छ, त कहिले सबै छिन्नभिन्न । यसरी अस्तव्यस्त भएको दैनिकीलाई सन्तुलनमा ल्याउन सकिने दश कुरा छन् । जुन मनन् गर्न आवश्यक छ ।

१. व्यस्त हुनु मतलब उत्पादक हुनु होइन 

तपाईं वरपरका सबैलाई हेर्नुहोस् । सबैजना व्यस्त देखिन्छन्, मिटिङबाट मिटिङ दौडिरहेका, लगातार इमेल पठाइरहेका छन् । तर तीमध्ये साँच्चिकै कति जनाले उच्च स्तरमा सफलता हासिल गरिरहेका छन्?

सफलता दौडधुपबाट मात्र होइन, ध्यान केन्द्रित गरी समयको सही सदुपयोगबाट प्राप्त हुन्छ । हामी सबैसँग दिनको २४ घण्टा नै हुन्छ । त्यसैले तपाईंले त्यो समय कति प्रभावकारी तरिकाले प्रयोग गर्नुभयो भन्ने कुराले तपाईंको उपलब्धि निर्धारण गर्छ ।

उत्पादन नै तपाईंको पहिचान हो ।

२. ठूला सफलता प्रायः असफलता पछि नै आउँछ 

जबसम्म असफलतालाई अँगाल्न तयार हुनुहुन्न, तबसम्म साँचो सफलताको स्वाद चाख्न सक्नुहुन्न । असफलता तपाईंलाई सही बाटो पहिचान गराउन मद्दत गर्छ । अधिकांश समय, जब तपाईं अत्यन्त हतोत्साहित र थकित महसुस गर्नुहुन्छ, त्यही बेला ठूलो फड्को मार्ने सम्भावना हुन्छ ।

३. धैर्य र दृढ मानसिकता सफलताको मुख्य सूत्र हो 

सबैभन्दा ठूला सफलताहरू सामान्यतया तब आउँछन्, जब तपाईं सबैभन्दा निराश, अत्यन्त हतोत्साहित र सबैभन्दा अड्किएको महसुस गर्नुहुन्छ । यही निराशाले तपाईंलाई फरक तरिकाले सोच्न, वरपर हेर्न र तपाईंले गुमाएको समाधान हेर्न बाध्य पार्छ ।

धैर्य र आफूले विश्वास गरेको कुराका लागि दुःख भोग्दा पनि राम्रो मनोवृत्ति कायम राख्ने क्षमता चाहिन्छ ।

३. डर नै पछुतोको सबैभन्दा ठूलो कारण हो 

जोखिम लिन डराउनु हुँदैन । डरले जीवित हुँदा आफूलाई भित्र मार्छ । भित्रभित्रै मरेर बाँच्नु मृत्युभन्दा पनि खराब हो । अन्त्यमा पुग्दा चुकाएका अवसरहरूको पछुतो, विफलताभन्दा धेरै महसुस हुनसक्छ ।

४. आत्ममूल्यांकन बाहिर होइन, भित्रबाट आउनुपर्छ 

यदि तपाईंको खुसी वा आत्मसन्तुष्टि अरूसँगको तुलनाबाट आउँछ भने तपाईं आफ्नै भाग्यको मालिक हुनुहुन्न । जब तपाईं आफूले गरेको कुनै कामको बारेमा राम्रो महसुस गर्नुहुन्छ, कसैको विचार वा उपलब्धिहरूलाई त्यो तपाईंबाट खोस्न नदिनुहोस् ।

अरूले तपाईंको बारेमा के सोच्छन् भन्ने कुरामा तपाईंको प्रतिक्रियाहरू बन्द गर्न असम्भव भए पनि, तपाईंले आफूलाई अरूसँग तुलना गर्ने काम छोड्नु उपयुक्त हुन्छ । र, तपाईं सधैं मानिसहरूको विचारलाई थोरै मात्रामा लिन सक्नुहुन्छ ।

यसरी, अरू मानिसहरूले के सोचिरहेका छन् वा गरिरहेका छन् भन्ने कुराले फरक पार्दैन, तपाईंको आत्ममूल्य भित्रबाट आउँछ ।

५. तपाईंको साथीसँग तपाईंकोस्तर निर्धारण हुन्छ 

त्यस्ता मानिसहरूलाई साथ राख्नुहोस् जसले तपाईंलाई प्रेरित गर्छन्, अघि बढ्न उक्साउँछन् । तर त्यस्ता व्यक्तिहरू टाढा रहनुहोस्, जसले तपाईंलाई निराश बनाउँछन् र आशलाग्दो कुरा कहिल्यै गर्दैनन् । यस खालका मान्छेले तपाईको समय व्यर्थ खर्च मात्रै गरिरहेका हुन्छन् । जीवन छोटो छ, नकारात्मक सम्बन्धबाट छुटकारा पाउनु नै बुद्धिमानी हुन्छ ।

६. जीवन छोटो छ, भोलिको कुनै ग्यारेन्टी छैन 

कसैको अचानक मृत्युले हामीलाई जीवनको वास्तविक मूल्य सम्झाउँछ । हाम्रो समय, व्यवहार, सम्बन्धका बारेमा सोच्न बाध्य बनाउँछ ।

हरेक बिहान आफ्नो जीवनलाई उपहारझैँ स्वीकार गर्न सुरु गर्नुहोस् । जसदिन तपाईं जीवनलाई वरदान ठान्नुहुन्छ, त्यस दिन जीवनले पनि तपाईंलाई वरदान ठान्न थाल्नेछ ।

७. माफी माग्न नआउँदासमेत क्षमा दिन सकिन्छ ।

जुनसुकै घृणा वा रिसले तपाईंको तत्कालको खुसी नष्ट गर्छ । दुःख, आक्रोश र नकारात्मक भावना तपाईंको मनमस्तिष्क मात्र होइन, स्वास्थ्यमा पनि असर गर्छ ।
क्षमा गर्नु कमजोरी होइन, आत्ममुक्तिको बाटो हो । किनकि, आफूभित्र घृणा वा रिस पाल्दा आफूलाई सक्काउँछ ।

८. तपाईं अहिले जुन जीवन बाँचिरहनु भएको छ, त्यो तपाईंले आफैं सिर्जना गर्नुभएको हो ।

कोही अरूले तपाईंलाई जबरजस्ती निर्णय गर्न बाध्य पार्दैनन् । तपाईंको वर्तमान परिस्थिति तपाईंको विगतका निर्णयहरूको नतिजा हो ।यदि तपाईं अड्किनुभएको वा अलमल महसुस गर्दै हुनुहुन्छ भने जोखिम लिन डराइरहनुभएको हुनसक्छ ।

जुन तपाईंलाई चासो छैन त्यसको शिखरमा पुग्नुभन्दा आफ्नो सपना चढ्नुपर्ने भर्‍याङको तल बस्नु राम्रो हो ।

९. वर्तमानमा बाँच्न सिक्नुहोस् ।

कुनै पछुतोले तपाईंको विगत बदल्दैन, कुनै चिन्ताले भविष्य सुनौलो हुँदैन । जहाँ तपाईं अहिले हुनुहुन्छ, जे छ, त्यहीँ सम्पूर्ण रूपले दत्तचित्त नभएसम्म तपाईंले साँचो सुख अनुभव गर्न सक्नुहुन्न ।

वर्तमानमा जिउन दुई कुराले मद्दत गर्छ । एक आफ्नो विगतलाई स्वीकार गर्ने । यदि विगतलाई बिर्सिन सकिएन भने भविष्यलाई पनि बिगार्ने छ । अर्को, भविष्यको अनिश्चिततालाई स्वीकार गर्नुपर्छ ।

१०. परिवर्तनलाई अँगाल्नुहोस् ।

जब तपाईं परिवर्तनलाई अँगाल्नुहुन्छ तब मात्र सफल हुने सम्भावना छ । परिवर्तनले सिर्जना गर्ने अवसरहरूलाई चिन्न र पूँजीकरण गर्न आफूसँग खुला दिमाग र खुला हात हुनुपर्छ ।

परिवर्तनलाई बेवास्ता गर्दा त्यो अवसर हराउनेछ भन्ने आशामा तपाईं सधैं उही कामहरू गरिरहनुहुन्छ भने तपाईं असफल हुनुहुनेछ । आखिर, पागलपनको परिभाषा भनेको बारम्बार एउटै काम गर्नु र फरक परिणामको अपेक्षा गर्नु हो ।

जीवन कसैका लागि रोकिँदैन । जब चीजहरू राम्रो हुँदैछन्, तिनीहरूको कदर गर्नुपर्छ । यदि सधैं केही हदभन्दा बढी खोज्ने गरिन्छ भने आनन्द होइन, भइरहेको कामले पनि पिरोल्न सक्छ, असन्तोषी बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?