
१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् ।
तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजाता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार हायू परिवारका माइली छोरी सुजाता-ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् ।
प्रहरीले सार्वजनिक गरेको हायू परिवारका १६ जना बेपत्ता सदस्यको सूचीमा सुजाताको नाम पनि उल्लेख थियो । तर उनी बेपत्ता नरहेको भेटिएको हो ।
प्रहरीको सम्पर्कमा आएकी सुजाताले परिवारका अन्य सदस्यहरूसँग सम्पर्क हुन नसकेको बताएकी छन् । सुजाताले आफ्नो परिवारका सदस्यको खोजी गरिदिन अनुरोध गरेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4