+
+
Shares

हायू परिवारका विषयमा अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी बढेपछि हायू समाज नेपालले आपत्ति जनाएको छ।
  • हायू समाज नेपालले सरकारबाट प्राप्त भत्ता लिएपछि ऋण तिर्नुपर्ने भयले भागेको भन्ने हचुवाका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेको छ।
  • समाजले पीडित परिवारको पुनःस्थापनाका लागि स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारसँग आवश्यक सहयोग माग गरेको छ।

१३ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजले आपत्ति जनाएको छ ।

उर्मिला हायूको परिवार बेपत्ता भएको विषयलाई लिएर अनेक समाचारका विषयलाई लिएर अने सामाजिक सञ्जालमा खिसिट्युरी गर्ने किसिमका टिप्पणीहरु बढ्न थालेपछि हायू समाज नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

कतिपय सामग्रीमा उनीहरुले सरकारबाट प्राप्त भत्ता लिएपछि ऋण तिर्नुपर्ने भयले भागेको, अरुलाई सास्ती दिएको जस्ता हचुवाका भरमा टिप्पणीहरु भएको भन्दै हायू समाज नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।

परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई गलत प्रचार गरिएको भन्दै समाजले आपत्ति जनाएको छ ।

‘हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गरी आएको आदिवासी समुदाय हो । यस्तो आधारविहीन र हचुवा प्रचार–प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं’, हायू समाज नेपालका अध्यक्ष लक्ष्मण हायूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै हायू समाज नेपालले तथ्यमा आधारित रहेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।

हायू समुदायप्रति सम्मानजनक भाषा र भावना राख्न अपिल गर्दै हायू समाज नेपालले पीडित परिवारको पुन:स्थापनाको लागि स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारसँग आवश्यक सहयोग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?