+

त्रिवि क्रिकेट मैदानको फ्लडलाइटका लागि थप २ टावर आइपुगे

२०८२ साउन  २९ गते १५:१४ २०८२ साउन २९ गते १५:१४
त्रिवि क्रिकेट मैदानको फ्लडलाइटका लागि थप २ टावर आइपुगे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो चरणका लागि ३ मध्ये २ फ्लडलाइट टावरहरू आइपुगेका छन्।
  • फ्लडलाइट टावरका लागि लाइट इटालीबाट आउन बाँकी छ र एक हप्तादेखि १० दिनभित्र आइपुग्नेछ।
  • मैदान स्तरोन्नतिको काम असार मसान्तमा नसकिएपछि निर्माण कम्पनीहरूले हर्जना तिरेर काम गरिरहेका छन्।

२९ साउन, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि दोस्रो चरणमा आउन बाँकी ३ वटा टावरहरूमध्ये २ वटा टावरहरू काठमाडौं आइपुगेका छन् ।

भारतबाट ल्याइएका टावरहरू बिहीबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइपुगेको फ्लडलाइट जडान कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहले जानकारी दिएका हुन् । बाँकी एक टावर पनि काठमाडौं आइपुग्न लागेको उनले जानकारी दिएका छन् ।

‘२ वटा ट्रकहरू आइपुगिसकेका छन्, बाँकी एउटा ट्रक पनि काठमाडौंनजिकै आइपुगेको जानकारी पाएको छु, जाममा होला केही होला’ साहले भने ।

यसअघि गत असार २५ मा पहिलो लटमा ३ वटा टावर आइपुगेका थिए । दोस्रो लटमा थप ३ वटा टावर आइपुग्ने बताइएको थियो ।

टावरमा राखिने लाइट भने इटालीबाट आउनेछ । उक्त लाइट भने आउन बाँकी छ । अब एक हप्तादेखि १० दिनभित्रमा लाइट पनि आइपुग्ने साहले जानकारी दिएका छन् ।

फ्लडलाइटको बेसको काम सकिइसकेको छ । प्यारापिटतर्फ भने हाल सिट जडान कार्य भइरहेको छ ।

मैदान स्तरोन्नतिको काम असार मसान्तमा नसकिएपछि अहिले निर्माण कम्पनीहरूले हर्जना तिरेर काम गरिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय