+
+
Shares

भारतीय विदेशसचिवले जंगीअड्डा पुगेर प्रधानसेनापति भेटे

भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेशसचिव विक्रम मिश्री दुई दिने भ्रमणमा काठमाडौं आएर जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
  • मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएर आइतबार काठमाडौं आएका थिए र विभिन्न राजनीतिक नेतासँग भेट गरिसकेका छन्।
  • उनले सोमबार केही अनौपचारिक भेटपछि दिउँसो स्वदेश फर्कने कार्यतालिका रहेको छ।

२ भदौ, काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका छन् ।

सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए । आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

सोमबार केही अनौपचारिक भेटपछि दिउँसो स्वदेश फर्किने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?