+
+
Shares

उपसभामुखमाथिको आरोप प्रमाणित गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई मानव तस्करीको मुद्दा प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ।
  • प्रधानमन्त्री ओलीले कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए।
  • रास्वपा उपसभापति डीपी अर्यालले 'उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्' भन्दै संसदमा उठाएको विषय पुष्टि गर्ने बताएका छन्।

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाैती दिएको छ ।

मप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए ।

रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए ।

बालुवाटार बैठकबारे अनलाइनखबरमा प्रकाशित समाचारको प्रतिक्रिया दिँदै रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् ।

विकसित घटनाक्रमपछि सिंहदरबारमा बसेको विपक्षी दलको बैठक कक्षमा प्रवेश गर्नुअघि अनलाइनखबरसँग अर्यालले भने, ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्, हामीले संसद्‍मा उठाएको मानव तस्करको विषय पुष्टि गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?