+

भक्त राना स्मृति चेस भोलिदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ भदौ  १० गते २०:४९ २०८२ भदौ १० गते २०:४९
भक्त राना स्मृति चेस भोलिदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्त राना स्मृति खुला र्‍यापिड चेस प्रतियोगिता १० भदौदेखि काठमाडौंमा दुई दिनसम्म दुई सय ५० खेलाडीको सहभागितामा सुरु हुँदैछ।
  • प्रतियोगितामा फिडे रेटिङ १९०० मुनिका खेलाडीले मात्र भाग लिन पाउनेछन् र विजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
  • प्रतियोगिताको उद्घाटन समारोह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा होटल रोयल एयरपोर्ट सिनामंगलमा हुने छ।

१० भदौ, काठमाडौं । भक्त राना स्मृति खुला र्‍यापिड चेस प्रतियागिता राजधानीमा बुधबार सुरु हुँदैछ, जहाँ दुई लाख चार हजार रुपैयाँ पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्का अध्यक्ष दिपेन राईले भने, ‘खेलप्रेमीसमेत रहेकाले उहाँ (भक्त राना) को स्मृतिमा चेस प्रतियोगिता आयोजना गरिएको हो । नयाँ र प्रतिभावान खेलाडीलाई अवसर दिनको लागि १९०० रेटिङमुनिका खेलाडीलाई समावेश गरिएको हो । प्रतियोगितामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।’

दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपैयाँ पाउनेछन् ।

महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुनेछन् ।

हिमालयन चेस एकेडेमीको सहयोगमा होटेल रोयल एयरपोर्ट, सिनामंगलमा सञ्चालन हुने दुई दिने प्रतियोगिताको उद्घाटन समारोह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्य तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको विशेष आथित्यमा गरिनेछ ।

एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिएको थियो ।

भक्त राना स्मृति चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय