+

भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता सुरु

२०८२ भदौ  ११ गते १८:३२ २०८२ भदौ ११ गते १८:३२
भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा बुधबारदेखि दुई दिने भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।
  • पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्दै स्व. भक्त रानाको माओवादी युद्धमा भूमिका महत्त्वपूर्ण रहेको बताए।
  • प्रतियोगितामा २२१ खेलाडी सहभागी छन् र २ लाख रुपैयाँभन्दा बढी पुरस्कार राशि रहेको छ, जसलाई स्विस लिग प्रणालीमा ९ चरणमा सञ्चालन गरिनेछ।

११ भदौ, काठमाडौं । भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता बुधबारबाट सुरु भएको छ। अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा दुई दिने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे।

कार्यक्रममा उनले पूर्व माओवादी लडाकु समेत रहेका स्व. रानाको माओवादी युद्धमा भूमिका महत्त्वपूर्ण रहेको र नेपाली चेसको विकासमा संघले गरेको काम प्रशंसनीय रहेको बताए।

उद्घाटन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, नेपाल उसु संघका महासचिव तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष नवराज ढुङ्गाना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुसारीलगायतको उपस्थिति थियो।

दुई दिनसम्म चल्ने प्रतियोगितामा २२१ खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु मुख्य निर्णायक रहेका छन्।

खुला, महिला, भेट्रान, अनरेटेड र उमेर समूहसहित २ लाख रुपैयाँभन्दा बढी पुरस्कार राशि राखिएको प्रतियोगिता स्विस लिग प्रणालीमा ९ चरणमा सञ्चालन हुँदै बिहीबार सकिनेछ।

काठमाडौँस्थित रोयल एयरपोर्ट होटलमा भइरहेको प्रतियोगितामा ३ चरणसम्म सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जनलगायत खेलाडीले लगातार ३ अंक जोड्दै अग्रता कायम गरेका छन्।

भक्त राना स्मृति चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय