+
+
Shares

ग्लोबल आईएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ मा ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित

सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंक सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभाग म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले सिंगापुरमा आयोजित समारोहमा युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ।
  • बैंक सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी विभाग म्यानेजर शिशिर शाक्यले उक्त अवार्ड हस्तान्तरण पाएका छन्।
  • ग्लोबल आईएमई बैंकले यसअघि २०२२ र २०२४ मा पनि युरोमनी बेस्ट बैंक अवार्ड पाएको छ।

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२५’ को ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ ।

मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंक सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभाग म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

सन् १९९२ मा युरोमनी म्यागाजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

ग्लोबल आईएमई बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएका नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासन क्षेत्रमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक तेस्रो पटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आईएमई बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।

यसअघि ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंकका रूपमा सम्मानित भएको थियो ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?