News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा आज तीन खेल हुनेछन्।
- पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाईकर्सबीच दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाबीच दिउँसो ३ बजे हुनेछ।
- तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच साँझ ५ बजे हुनेछ र प्रतियोगिता २८ भदौसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ।
२१ भदौ, काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदैछन् ।
पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाईकर्सबीच दिउँसो १ बजे सुरु हुनेछ ।
दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाबीच दिउँसो ३ बजे सुरु हुनेछ ।
त्यस्तै, तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको उद्घाटन खेलमा कर्णाली यशविस र ललितपुर क्विन्सले सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिता २८ भदौसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4