+
+
Shares

कुनै सुविधा लिन्नँ, भ्रष्टाचार नियन्त्रण जीवन–मरणको विषय : मन्त्री घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन्।
  • उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने र अनियमितता भेटिए कारबाही गर्ने बताए।
  • उनले पारदर्शितामा कुनै प्रश्न आए सिधा आफैंलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।

३० भदौ, काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् ।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।

‘शून्य सहनसिलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मुल गर्नुपर्छ,’ उनले भने, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।’

उनले आफ्नो पारदर्शितामा कुनै प्रश्न आयो भने सिधा आफैंलाई सम्पर्क गर्ने उनले अनुरोध गरेका छन् ।

उनले सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति रहेकाले यसमा कुनै सम्झौता नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?