+

कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

२०८२ असोज  १ गते १७:३५ २०८२ असोज १ गते १७:३५
कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपन टाइगर नामक नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले भारतको मुम्बईमा सेप्टेम्बर २४ देखि हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ।
  • कुल २६ सदस्यीय टोली मन्दीप राईको कप्तानी र प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा भारत प्रस्थान गरेको छ।
  • काठमाडौं जिल्ला तेक्वान्दो संघले टोलीलाई बिदाइ गर्दै २५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरेको थियो।

१ असोज, काठमाडौं । नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ ।

भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदैछ । उक्त सोमा नेपाली खेलकुदको चर्चित ड्रेमोन्स्ट्रेसन टिम कपन टाइगरले प्रतिस्पर्धा गर्ने भएको हो ।

कुल २६ सदस्यीय नेपाली नेपाली आजै भारत प्रस्थान गरेको छ । मन्दीप राईको कप्तानी तथा तेक्वान्दोका प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा उक्त टोली सहभागी हुने भएको हो ।

इन्डिया गट ट्यालेन्टमा करिब ३५ वटा टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन् । यसअघि मंगलबार काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि उक्त टोलीलाई बिदाइ गरेको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले टोलीलाई बिदाइ गरेका हुन् । संघले सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

कपन टाइगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय