+
+
Shares

नारायणगढ–मुग्लिन सडकको दिगो समाधान खोज्न ट्रक व्यवसायीको माग

चितवन इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १७:५०

८ असोज, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।

महासंघ अनुसार चितवन इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।

निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले बताए ।

३ असोज साँझ खसेको पहिरो ठूलो मिहिनेतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेर आवागमन ठप्प भएको छ ।

धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएको थियो । त्यसको केही समयमै अर्को ठूलो पहिरो खस्नुले यस क्षेत्रमा दिगो समाधान आवश्यक रहेको स्पष्ट भएको महासंघको भनाइ छ ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तु समयमै गन्तव्यसम्म पुर्‍याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघ महासचिव बाँनियाले बताए ।

विशेषगरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली नै अस्तव्यस्त हुनुले जनजीवनमा प्रत्यक्ष असर परेको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको महासंघको भनाइ छ ।

यस पृष्ठभूमिमा महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ । साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?