
जोडा हराएको सेतो जुत्तामा
लिछिप्पै पोतिएको छ रातो बलिदानी
सत्ताको उन्मादले बौलाएको बन्दुकले
भ्वाङ पारेको छ त्यो किशोरको छाती
जसलाई हुर्काएकी थिइन् उसकी आमाले
एक थप्पड कहिल्यै नहानेर
टाउकोमा राखेर
सडकमा पछारिएको जुत्तालाई
दमनको हिसाब गर्न निस्किएको हो जेन-जी
सक्दैनौ
जेन-जी हिंड्ने बाटो बन्दुकले छेक्न सक्दैनौ
देऊ
उनीहरूलाई आफ्ना सपनाहरूसम्म पुग्न देऊ
होसियार नयाँ कुर्सी
कुर्सी मात्रै बदल्न होइन
जेन-जी अग्नि अवतारमा निस्किएको
कर्म पनि बदल्न हो
मरेका अक्षरहरूको दाम्लोले
जिउँदा सन्तानको भावना बाँध्न नखोज ।
सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4