News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जेरी अन टप' को जापानको टोक्योस्थित नाकानो जेरो हलमा सोमबार प्रिमियर सम्पन्न भयो।
- प्रिमियरमा अनमोल केसीले जसिता गुरुङलाई बोकेर स्टेजमा पुर्याए, जसलाई दर्शकले हुटिङ र तालीले स्वागत गरे।
- चलचित्र विकास बोर्डका अनुसार, फिल्मले घरेलु बक्सअफिसमा साढे १० करोड ग्रस कमाएको छ, जुन अनमोलको करिअरमा पहिलो हो।
काठमाडौं । रिलमा अनमोल केसी र जसिता गुरुङको रसायन जति आकर्षक देखिन्छ, रियलमा पनि आकर्षक ।
कतिपय अवसरमा सामाजिक सञ्जालमा आउने उनीहरूको ‘क्यूट’ र ‘रोमान्टिक’ फोटो/भिडियोले ती कुरालाई दर्शाउँछन् ।
‘फर्की फर्की’मा दर्शकले यी दुईजनाको ‘कमेस्ट्री’ त्यतिबेलै देखिसकेका थिए । ‘जेरी अन टप’ ले त्यो रसायनलाई चम्काउने काम गरेको छ ।
सोमबार जापानको टोक्योस्थित नाकानो जेरो हलमा दर्शकले त्यो केमेस्ट्रीलाई अनुभूति गर्न पाए । फिल्मको जापान प्रिमियरमा अनमोलले जसितालाई बोकेर स्टेजमै पुर्याए ।
नायिकालाई दर्शकसामु एन्ट्री गराउने अनमोलको यो शैली वास्तवमै रोमान्टिक थियो, जसलाई दर्शकले हुटिङ र तालीमार्फत स्वागत गरे ।
सो अवसरमा हजारभन्दा धेरै दर्शक रहेको विवरणमा जनाइएको छ । अभिनेत्री आँचल शर्मा लगायतको फिल्म टोली पनि सो अवसरमा थिए । प्रिमियरको क्रममा जसिताको खुट्टा मर्किएको पनि बताइएको छ ।
जसको कारण, अनमोलले जसितालाई बोकेरै स्टेजमा लगेको बताइएको छ । त्रिकोणात्मक कथावस्तुको यो फिल्ममा अनमोलले शीर्ष भूमिका जेरी र जसिताले शेर्पा परिवारकी युवती पेमाको भूमिका निर्वाह गरेका छन् ।
चलचित्र विकास बोर्डका अनुसार, फिल्मले शनिबारसम्म घरेलु बक्सअफिसमा साढे १० करोड ग्रस कमाएको छ । यो कमाइ अनमोलको करिअरमा उक्त कमाइ गर्ने पहिलो फिल्म हो ।
फिल्मले जसिता र आँचललाई पनि व्यवसायिक राहत दिएको छ ।
प्रतिक्रिया 4