+

हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त

२०८२ कात्तिक  २३ गते ७:४० २०८२ कात्तिक २३ गते ७:४०
हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले हङकङ सिक्सेस क्रिकेटमा यूएईसँग ४३ रनले पराजित भएर आफ्नो यात्रा समाप्त गरेको छ।
  • यूएईले दिएको १३० रनको लक्ष्य नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रनमा मात्र पुर्‍यायो।
  • नेपालले समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएर बाउल लिगमा पुगेको थियो।

२३ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । आइतबार विहान भएको बाउल लिगको आफ्नो अन्तिम खेलमा नेपाल यूएईसँग ४३ पराजित भयो ।

यूएईले दिएको १३० रनको बलियो लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनायो । मोहम्मद आदिल आलमले ३२ रन बनाए भने सन्दीप जोरा ३१ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले ६ ‌ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । निलन्श केशवानीले १५ बलमा १० छक्का र ३ चौकासहित ७३ रनको विस्फोटक पारी खेले ।

नेपालका लागि राशिद खानले २ विकेट लिँदा रुपेश सिंह र लोकेश बमले १-१ विकेट लिए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा भारतमाथि ९२ रनको विशाल जित निकालेको थियो ।

बाउल लिगको शीर्ष २ मा रहने पक्का भइसकेका श्रीलंका र यूएईले बाउल फाइनल खेल्नेछन् ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय