News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक प्रहरीले नेपाल प्रिमियर लिग दोस्रो सिजनका लागि विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल हेर्न आउने दर्शकलाई तोकिएका स्थानमा मात्र सवारी पार्क गर्न अनुरोध गरिएको छ।
- भीभीआईपी सवारी त्रिवि क्रिकेट रंगशालाको मुख्य गेटभित्र राखिने र सामान्य दर्शकका सवारीका लागि विभिन्न पार्किङ स्थल व्यवस्था गरिएको छ।
३० कात्तिक, काठमाडौं। ट्राफिक प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको जनाएको छ ।
ट्राफिक प्रहरीले खेल हेर्न सवारीसहित आउने दर्शकलाई जथाभावी पार्किङ नगरी तोकिएका स्थानमा मात्र सवारी राख्न अनुरोध गरेको हो ।
उक्त योजना अन्तर्गत भीभीआईपी र भीआईपीका सवारी साधनलाई त्रिवि क्रिकेट रंगशालाको मुख्य गेटभित्र राखिने व्यवस्था मिलाइएको छ।
यस्तै सामान्य दर्शकका सवारी साधनलाई भने तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्ड नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार र सुन्दरीघाट-सानेपा खोला करिडोरमा पार्किङको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी ट्राफिक प्रहरीले खेलका दिन भीड व्यवस्थापन, सडक अवरोध रोकथाम र सुरक्षा सहजताका लागि दर्शकको सहयोग आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया 4