News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले टस जितेर दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा पहिले बलिङ गर्ने निर्णय गरेको छ।
- काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल हो।
- पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।
६ मंसिर, काठमाडौं । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जारी दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ब्याटिङका लागि निम्तो दिएको हो ।
काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।
गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
यसअघिको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।
०००
काठमान्डु गोर्खाज (PLAYING XI) : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, रिकार्डो भास्कोन्सेलोस, सन्तोष यादव, जेरार्ड एरासमस, राशिद खान, जोन सिम्पसन, करण केसी, शाहब आलम, प्रतिक श्रेष्ठ, आदिल आलम
विराटनगर किङ्स (PLAYING XI) : मार्टिन गप्टिल, लोकेश बम, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, जर्ज मन्से, बसिर अहमद, मर्चेन्ट डे लाङ, सूर्य तामाङ, सन्दीप लामिछाने, प्रतिश जिसी
प्रतिक्रिया 4