News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएर उपविजेतामै सीमित भयो।
- नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो, फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाइन्।
- नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ ।
आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो ।
भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।
त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।
नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो ।
यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4