+

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

२०८२ मंसिर  १७ गते १७:४१ २०८२ मंसिर १७ गते १७:४१

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

१७ मंसिर, काठमाडौं । बसिर अहमदको आक्रमक ब्याटिङमा विराटनगर किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।

विराटनगरका लागि वान डाउनमा ब्याटिङ गरेबका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।

साम हिजलेटले २० बलमा २७ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।

बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए ।

एनपीएल नेपाली क्रिकेट लुम्बिनी लायन्स विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय