News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हर्ष' ले पछिल्लो शनिबारसम्म घरेलु बक्सअफिसमा २८ लाख नेरु ग्रस कमाएको छ।
- 'जारी २' ले सोही अवधिमा ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ।
- 'परान' को कूल कमाइ १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस पुगेको छ।
काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले पछिल्लो शनिबारसम्म घरेलु बक्सअफिसमा २८ लाख नेरु ग्रस कामएको छ ।
सोही अवधिमा फिल्मका ८ हजार ४३६ वटा टिकट बिकेका छन् ।
‘जारी २’ ले पनि पछिल्लो शनिबारसम्म ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ । सोही अवधिमा फिल्मका २ लाख ७ हजार टिकट विक्री भएका छन् ।
‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख नेरु ग्रस कमाएको छ । फिल्मका १ लाख ४५ हजार टिकट बिकेका छन् ।
‘जेरी अन टप’ ले १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस कमाएको छ । यो फिल्मका ३ लाख ९१ हजार टिकट बिकेका छन् । अनमोल केसी स्टारर फिल्मले सोही दिनमा प्रदर्शनको ५१ दिन मनाएको थियो ।
सोही अवधिसम्म ‘परान’ को कूल कमाइ १६ करोड ९७ लाख ९३ हजार ३५४ नेरु ग्रस छ । नीर शाह स्टारर फिल्मको कलेक्सन १७ करोड नाघिसकेको छ ।
सिनेपाः बक्सअफिसले २० मंसिर अर्थात पछिल्लो शनिबारसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4