+

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

२०८२ मंसिर  २२ गते १५:२१ २०८२ मंसिर २२ गते १५:२१

हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन् ।

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग दोस्रो सिजनमा सर्वाधिक रन बनाउने खेलाडीलाई प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ।
  • प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीले प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् भने प्रतियोगिता समाप्तिमा सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिइनेछ।
  • पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा शिक्षा प्रदान गर्दै आएको उक्त कलेजले एनपीएलमा युवाको क्षमता र मनोवल बढाउने उद्देश्यले पुरस्कार घोषणा गरेको छ।

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौँको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ द्वारा सम्मान गरिने जनाएको छ ।

प्रतियोगिताभर सर्वाधिक रन बनाउने एक खेलाडीले प्रतियोगिता समाप्त भएको दिन प्लाटिनम क्याप प्राप्त गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । क्यानसँगको सहकार्यमा प्रदान गरिने उक्त क्याप पाएका खेलाडीले आगामी खेलमा पनि सोही प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् ।

प्रतियोगिता दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रवि बोपाराले यो क्याप लगाएका थिए । हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन् ।

एनपीएलको सुरुवातदेखि नै अफिसियल एजुकेशन पार्टनर रहेको कलेजले एनपीएलको फाईनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिने योजना रहेको बताएको छ ।

प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन तथा पाँच वर्षदेखि आइटी संकायमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

खेलकुदले युवाको क्षमता र मनोवल बढाउने विश्वास राख्दै एनपीएलमा थप प्रेरणा जगाउने उद्देश्यले विशेष कार्यक्रम तथा पुरस्कार घोषणा गरिएको केसीले जानकारी दिए ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय