२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।
काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । कुनै परिवर्तन गरेको छैन । लुम्बिनीले एक परिवर्तन गरेको छ । सुमित महर्जनको स्थानम दिनेश अधिकारी आएका छन् ।
यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ ।
पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि (बिहीबार)खेल्नेछ ।
काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउन चाहन्छ ।
प्रतिक्रिया 4