News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को ‘सृष्टिकै पहिलो नाम’ गीत युट्युबमा सोमबार रिलिज भएको छ।
- गीतमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल र गजित विष्टले अभिनय गरेका छन्।
- फिल्म ‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन तयारीमा रहेको निर्देशक पन्तले पत्रकार सम्मेलनमा बताउनुभयो।
काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को ‘सृष्टिकै पहिलो नाम’ गीत युट्युबमा रिलिज भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो । गीतमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्टको अभिनय छ ।
परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतमा दर्शाइएको छ । मार्मिक गीतमा शब्द तथा संगीत बाबुल गिरीको छ भने गायन रवि ओडको छ ।


गीत रिलिज कार्यक्रममा निर्देशक पन्तले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताए । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।
लगानी कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् । कार्यकारी निर्माता करणसिंह रसाइली छन् ।
‘आबाट आमा’ १६ माघदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4