+
+
Shares

कांग्रेस दास र लासहरूको पार्टी होइन : गगन थापा

‘कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन्।
  • महामन्त्री थापाले कांग्रेस दास र लासहरुको पार्टी नभई जिउँदो मानिसहरूको पार्टी भएको उद्घाटन समारोहमा उल्लेख गरे।
  • उनले भने, 'जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन' र जिउँदो कांग्रेसले समाजको जिम्मेवारी पूरा गर्न सक्छ।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।

पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।

‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?