+

झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

२०८२ माघ  १० गते १८:३७ २०८२ माघ १० गते १८:३७
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा पुरुष र महिलामा पहिलो भएका छन्।
  • अर्जुनले १३.४ किलोमिटर दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गरे भने फुलमतिले १ घण्टा ८ मिनेट ५ सेकेन्ड खर्चिन्।
  • प्रतियोगितामा ३ सय प्रतिस्पर्धी सहभागी थिए र कुल पुरस्कार राशी ३ लाख ६४ हजार रुपैयाँ रहेको थियो।

१० माघ, काठमाडौं । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका हुन् ।

अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू (५४ मिनेट २५.२ सेकेन्ड) दोस्रो तथा रुकुमका ठकेन्द्र शर्मा (५६ मिनेट २३.७ सकेन्ड) तेस्रो भए । फुलमितिले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड समय खर्चिन् ।

आर्मीकी राज्यलक्ष्मी रावल (१ घण्टा २१ मिनेट ८ सेकेन्ड) दोस्रो तथा एपीएफकी सुशिला महत (१ घण्टा ४० मिनेट ५ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानियको जुनियर यु–१६ छात्र ४.५ किलोमिटरमा आशिष तामाङ पहिलो, गुल्सन रोका मगर दोस्रो र मनीष तामाङ तेस्रो बने । सो स्पर्धाको छात्रामा सिलसिला कुँवरले स्वर्ण, सकिना तामाङले रजत र राइस्का सुवेदीले कांस्य जिते ।

स्थानियतर्फ भेट्रान ४५ वर्षमाथि पुरुष ४.५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ श्रेष्ठ पहिलो, मिठु नेपाल दोस्रो र राजेन्द्रप्रसाद नेपाल तेस्रो भए ।

आमा समूहको ४.५ किलोमिटरमा सनिता श्रेष्ठ पहिलो, विमला श्रेष्ठ दोस्रो र भवानी लामिछाने तेस्रो भए । भेट्रान पुरुष खुलाको १३.४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण, रेवतबहादुर दाहालले रजत र रामचन्द्र श्रेष्ठ तेस्रो भए ।

जुनियर यू–१८ छात्रको ४.५ किलोमिटरमा बादल कार्की प्रथम, सुशान्त लामिछाने द्वितीय र प्रवीण कार्की तृतीय भए । त्यसै स्पर्धाको छात्रामा प्रनिशा कार्की पहिलो, सर्मिला गोले दोस्रो र आयुष्मा आचार्य तेस्रो बने ।

स्थानीयको पुरुष १३.४ किलोमिटर दूरीमा विमल थापा मगर पहिलो, अम्मर श्रेष्ठ दोस्रो र सुमन श्रेष्ठ तेस्रो भए ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

सबै दूरीको दौड बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी कोल्पुटारमै आएर टुंगिएको थियो ।

बेलकोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा भएको दौडमा ३ सय प्रतिस्पर्धी सहभागी थिए ।

झिल्टुङ क्रस कन्ट्री दौड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय