News Summary
Generated by OK AI. Editorially reviewed.- चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
- अबायोमी फाकुनलेले दुई गोल र मिलन राईले एक गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेका थिए।
- चर्च ब्वाइजले तीन खेलबाट ४ अंक जोडेको छ भने जावलाखेलको तीन खेलमा ३ अंक मात्र छ।
११ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ ।
राष्ट्रिय लिगमा चर्च ब्वाइजको यो पहिलो जित हो र ३ खेलबाट चर्च ब्वाइजले ४ अंक जोडेको छ । जावलाखेलको भने तीन खेलमा यो दोस्रो हार हो । तीन खेलबाट जावलाखेलको ३ अंक मात्र छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अबायोमी फाकुनलेले दुई गोल गरेपछि चर्च ब्वाइजले सानदार जित हात पारेको हो । अर्को एक गोल मिलन राईले गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।
फाकुनलेले ५३औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मिलनले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । फाकुनलेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
चर्च ब्वाइजले पहिलो खेलमा श्री भगवतीसँग बराबरी खेल्दै राष्ट्रिय लिग सुरु गरेको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
उता जावलाखेल पहिलो खेलमा लालिगुराँस एसोसिएसनसँग पराजित भएको थियो भने दोस्रो खेलमा श्री भगवतीलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4