+
+
Shares

निर्देशक भामलाई चलचित्र विकास बोर्डद्वारा बधाई तथा शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय जुरी सदस्यमा नेपाली निर्देशक मीनबहादुर भामलाई मनोनित गरिएको छ।
  • चलचित्र विकास बोर्डले भामलाई जुरी सदस्य मनोनित हुनु नेपाली चलचित्र र सांस्कृतिक पहिचानका लागि ऐतिहासिक उपलब्धि भनेको छ।
  • भाम निर्देशित फिल्म 'शाम्बाला' बर्लिन फेस्टिभलमा छनोट भई राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको थियो।

काठमाडौं । विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल (बर्लिनाले) को अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित नेपाली निर्देशक मीनबहादुर भामलाई चलचित्र विकास बोर्डले बधाई तथा शुभकामना दिएको छ ।

अध्यक्ष दिनेश डीसीले विहिबार जारी गरेको बधाई सन्देशमा भाम बर्लिनमा जुरी सदस्य रहनु नेपाली सिनेमा र समग्र सांस्कृतिक पहिचानका लागि ऐतिहासिक उपलब्धि भएको बताइएको छ ।

यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको सशक्त उपस्थिती र सिर्जनात्मक क्षमताको विश्वसनीय प्रमाण प्रस्तुत गरेको उल्लेख छ । बोर्डको छात्रवृत्तिमा अध्ययन गरेर बोर्डको सहयोगमा निर्देशन गरिएको फिल्म ‘शाम्बाला’ बर्लिन फेस्टिभलमा छनोट भई नेपाली चलचित्रको मान प्रतिष्ठा उच्च बनाएको तथ्य स्मरण पनि बोर्डले गरेको छ ।

यस उपलब्धिले बोर्डको नीतिगत सहयोग र निरन्तर परिश्रमबीचको सकारात्मक सहकार्यलाई पनि उजागर गरेको बोर्डले जनाएको छ । ‘बोर्ड आगामी दिनहरूमा तपाईंको सिर्जनशिल यात्राले नेपाली चलचित्रलाई विश्वमंचमा मजबुतरुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दछ’ बोर्डले भनेको छ ।

भाम निर्देशित ‘शाम्बाला’ गतवर्षको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको थियो । साथै, बर्लिनमा विश्व प्रिमियर समेत भएको थियो । भाम सन् २०२६ को बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्यमा छनोट भएका हुन् ।

बोर्ड अन्तर्गतको अन्तर्राष्ट्रिय चलचित्र प्रवर्धन समितिले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र प्रवर्धनलाई लक्षित गर्दै कार्यविधि पनि निर्माण गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?