News Summary
Generated by OK AI. Editorially reviewed.- पल शाह स्टारर फिल्म 'आबाट आमा'ले १६ माघदेखि प्रदर्शनमा आएर १ करोड ८० लाख नेरु ग्रस कमाएको छ।
- फिल्मले छोरा र अभिभावकबीचको सम्बन्ध, युवा विदेशिन बाध्यता र त्रिकोणात्मक प्रेमकथामा आधारित छ।
- दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेको र सामाजिक कथावस्तु प्रस्तुत गरेको बताइएको छ।
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरिरहेको देखिएको छ । फिल्म हेरिसकेपछि दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया पनि दिइरहेको देखिएको छ ।
चन्द्र पन्त निर्देशित यो सोसल ड्रामा फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । खासगरि, छोरा र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्धको कथा, युवा किन विदेशिन बाध्य हुन्छ र त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित छ ।
वर्तमान नेपाली समाजको कथा पेश गर्ने यो फिल्ममा पलसहित प्रदीप रावत र विपना थापाको शीर्ष भूमिका छ । यस्तोमा, यो फिल्मले अहिलेसम्म कति कमायो भन्ने जान्न दर्शकलाई उत्सुकता हुने नै भयो ।
फिल्मले मंगलबार दिउँसो १ बजेसम्म चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसमा १ करोड ८० लाख नेरु ग्रस कमाएको छ । यो फिल्म १६ माघ अर्थात गत शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4