+
+
Shares

‘आबाट आमा’ को कमाइ ५ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १३:०४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'आबाट आमा' ले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड २० लाख नेरु ग्रस कमाइ गरेको छ।
  • फिल्म १६ माघमा प्रदर्शनमा आएको थियो र १ लाख ७६ हजारभन्दा बढी टिकट बिक्री भएको छ।
  • पल शाहले कृष्णको भूमिका निभाएका छन् र प्रदीप रावत, विपना थापाले आमाबुबाको भूमिका गरेका छन्।

काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ ।

सिनेपाः बक्सअफिसमा फिल्मको दोस्रो आइतबारसम्मको कमाइ ५ करोड २० लाख नेरु ग्रस छ । चन्द्र पन्त निर्देशित फिल्म १६ माघको शुक्रबार देशब्यापी प्रदर्शनमा आएको थियो ।

सो अवधिसम्म फिल्मका १ लाख ७६ हजार वटा भन्दा धेरै टिकट बिकेका छन् । २४ माघ अर्थात पछिल्लो शनिबारसम्म फिल्मको कमाइ ४ करोड ८० लाख ९० हजार ४८७ नेरु ग्रस थियो ।

फिल्ममा शीर्ष पात्र कृष्णको भूमिकामा पल शाहले अभिनय गरेका छन् । प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिकामा छन् ।

उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त कृष्णलाई रुचाउने तर नपाएपछि बदला लिने भूमिकामा छिन् । प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?