News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टर मिलानले लेसेलाई २-० ले पराजित गरी सिरी ए मा १० अंकको अग्रता बनाएको छ।
- इन्टरले हेनरिक मिखाटारियन र म्यानुएल एकान्जीको गोलबाट जित हासिल गरेको छ।
- युभेन्ट्सले घरेलु मैदानमा कोमोसँग २-० ले पराजित भई पाँचौं स्थानमा रहेको छ।
१० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ ।
अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो गोल गरे ।
यो जितपछि इन्टरले २६ खेलबाट ६४ अंक जोडेको छ । एक खेल कम खेलेको एसी मिलान ५४ अंकमा दोस्रोमा छ ।
शनिबारै भएको अर्को खेलमा युभेन्ट्स घरेलु मैदानमै कोमोसँग २–० ले पराजित भयो ।
युभेन्ट्स २६ खेलबाट ४६ अंकसहित पाँचाै स्थानमै छ । कोमो समान खेलबाट ४५ अंक जोड्दै छैटाैं स्थानमा छ ।
प्रतिक्रिया 4