+
+
Shares

‘आबाट आमा’ को देशब्यापी कमाइ ११ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले ९ फागुनसम्म देशब्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्मले सोही अवधिमा ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ।
  • ‘आबाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र उषा उप्रेतीको अभिनय छ।

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड रुपैयाँ ग्रस नाघेको छ । पछिल्लो शनिबारसम्म फिल्मले देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म यो सोसल ड्रामा फिल्मले ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ । हलमा ठूला फिल्म नभएको, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त गरेको र चुनावसम्म ठूला फिल्म नआउने परिस्थितीको फाइदा यो फिल्मलाई हुने देखिन्छ ।

सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको कमाइ विवरण बाहिर ल्याएको हो । ‘आबाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, उषा उप्रेती लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?