+
+
Shares

चुनाव नतिजाबारे कलाकार : प्रियंका भन्छिन्- नयाँ नेपालको सपना देख्न थालेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १३:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा-५ बाट बालेन्द्र शाहले ठूलो मतान्तरले प्रतिनिधिसभा चुनाव जित्नुभएको छ र सेलिब्रेटीहरूले उहाँलाई बधाइ दिएका छन्।
  • प्रियंका कार्कीले बालेनको जितलाई नयाँ नेपालको आशाको किरण भएको बताउनुभयो र नयाँ नेतृत्वको अपेक्षा व्यक्त गर्नुभयो।
  • रवि लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने निर्णयमा त्याग देखाउनुभएको छ र परिवर्तन चाहने सबै नेपालीलाई नमन गर्नुभयो।

काठमाडौं । प्रतिनिधिसभा चुनावको नतिजालाई लिएर अधिकांश सेलिब्रेटीले उत्साहजनक प्रतिक्रिया दिएका छन् । यस्तै उत्साहजनक सहभागिता मतदानको दिनमा पनि देखिएको थियो ।

बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेरै समर्थन गरेकी मोडल, अभिनेत्री, टिभी होस्ट तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्कीले झापा-५ बाट शाहको जितपछि खुसी व्यक्त गरेकी छन् ।

बालेनको जितपछि आफूले नयाँ नेपालको सपना देख्न थालेको प्रियंकाले बताएकी छन् । बालेनको जितलाई उनले आशाको किरणको रुपमा लिएको उल्लेख गरेकी छन् ।

प्रियंका लेख्छिन् :

हामीले हिजोदेखि प्रतीक्षा गरिरहेको घडी आखिर आइपुगेको छ । झापा-५ बाट बालेन्द्र शाह ठूलो मतान्तरले विजयी हुनु भएको छ । हार्दिक बधाई बालेन्द्र शाह ! अब पुरै देशको नजर तपाईंमाथि छ । हामीले आशा र विश्वासका साथ तपाईँलाई साथ दिएका छौँ । अब साँच्चै नै नयाँ नेपाल देख्ने आशा अझ बलियो भएको छ । हामीले धेरै वर्षदेखि भाषण र नाराहरू सुन्दै आएका छौँ । तर अब देशलाई काम गर्ने नेतृत्व चाहिएको छ । नेपालका युवाहरू अवसर खोजिरहेका छन् । समाज पारदर्शिता र उत्तरदायित्व खोजिरहेको छ । नागरिकहरू आशालाई फेरि विश्वास गर्न चाहिरहेका छन् । हामीले त आशा गर्नै छोडेका थियौँ । विश्वास पनि हराउँदै गएको थियो । तर तपाईं आउनुभयो आशाको किरण बनेर । अब फेरि सपना देख्न थालेका छौँ, नयाँ नेपालको । त्यस्तो नेपाल जहाँ हाम्रो बच्चाहरू यही बस्न चाहुन् । यही भविष्य देखून् ।’

दीपकराज गिरी लेख्छन् :

कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको कुरा बोलिदिनुपर्छ, हिजोसम्म त्यही नै गरियो । भोलीदेखि पनि निस्वार्थ त्यहि नै गरिन्छ ! चुनाव सकियो…. आउनेलाई शुभकामना ! जानेलाई धन्यबाद !!’ हाम्रो पुस्ताले सप्पै देख्यो, एउटा २ तिहाइ देख्न बाँकी थियो त्यो पनि देखिएला जस्तो छ ! मुख्य कुरो, हाम्रो जेनेरेसनले यो जेनेरेसनलाई ५ बर्ष पछि स्यालुट गर्न पाइयोस ….शुभरात्री !!!’

अभिनेत्री केकी अधिकारीले बालेनको जित लगत्तै उनको फोटो सेयर गर्दै बधाइ दिएकी छन् । बालेनलाई केकीले साहसको प्रतिमूर्ति भएको बताएकी छन् ।

अभिनेता पल शाहले बालेनको फोटो सेयर गर्दै देशमा नयाँ आशा जन्मिएको बताएका छन् । पल लेख्छन् :

जनताको विश्वासले लेखेको इतिहास आज नयाँ पानामा पुगेको छ । यो जित केवल एक व्यक्तिको होइन, यो जित नयाँ सोच र नयाँ पुस्ताको हो । जहाँ पुरानो अध्याय बन्द हुँदैछ, त्यहीँबाट नयाँ भविष्य सुरु भएको छ । पुरानो राजनीति बिदा हुँदै, आज देशमा नयाँ आशा जन्मिएको छ । हार्दिक बधाई तथा शुभकामना बालेनजी ।’

गायिका रचना रिमालले बालेनको जितबाट देशले ठूलो आशा र भरोसा राखेको बताएकी छन् । उनी लेख्छिन् :

झापा ५ बाट अत्याधिक बहुमतको साथमा निर्वाचित हुनुभएकोमा आदरणीय दादा, देशको आगामी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ज्युलाई धेरै धेरै बधाई तथा शुभकामना । यो देशले हजुरमाथि ठूलो आश र भरोसा गरेको छ त्यो अपेक्षा यहाँले पुरा गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । जय देश ।’

गायक रामकृष्ण ढकालले रास्वपा सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा त्याग गरेको बताउँदै चितवन २ बाट जितको लागि बधाइ दिएका छन् ।

ढकाल लेख्छन्, ‘नेतृत्व भनेको सधैं आफू अगाडि जानु मात्र होइन, आइपरेको बखतमा देशका लागि सहि पात्रलाई अगाडि सार्नु पनि हो भन्ने दृढ सोचका साथ बालेनलाई प्रधानमन्त्री बनाउने र आफू पार्टी चलाउने निर्णय गरेर सभापति रवि लामिछानेले राजनीतिमा जुन त्याग गरे त्यसको तुलना केहि कुरामा हुँदैन । परिवर्तन चाहेर यो नतिजा ल्याउनुहुने सम्पूर्ण नेपालीमा नमन । तिम्रो गीत तिमीमै समर्पित प्रिय साथी रवि ।’

अभिनेता विल्सनविक्रम राईले श्रमशक्ति पार्टीका अध्यक्ष हर्कराज राईलाई बधाई दिँदै लेखेका छन्, ‘माटोको सुगन्ध बोकेर भुइँमान्छेको आवाज गर्जन्छ अब संसद भवनमा । टेकेको माटो र हिँडेको बाटो नभुल्नुहोला । सुम्निमा र पारुहाङको आशीर्वाद दाजु ।’

विल्सनले इलाम २ बाट जितेका सुहाङ नेम्बाङलाई बधाइ दिँदै लेखेका छन्, ‘फलेको वृक्ष नझुकेको कहाँ छ र ? यो जितसहितको थप ठूूलो जिम्मेवारीको लागि शुभकामना । सदैव आशीर्वाद बाबु ।’ अभिनेता दयाहाङ राईले श्रमशक्तिबाट जितेका भोजपुरका उम्मेदवार ध्रुब राईलाई बधाई दिएका छन् ।

निर्देशक विशाल भण्डारी लेख्छन् :

चुनाव लगभग सकियो । अब हामी सबै काममा फर्कौं । साथी भाइ सांसद भए भनेर चिया कफी गफमा अलमलाउने, रिबन काट्न बोलाउने, फिल्म प्रिमियरमा बोलाउने, पिर्कामा चडायर यति र उति किलोको माला भनेर लगाउने काम गर्दै नगरौं । पुराना कार्यकर्ताले जस्तो नेतालाइ नचाइने काममा अलमलायर पछि नेताले देश बिगारे भन्ने दिन आउन नदिने काम अब मतदाताको पनि हो । अझ सरुवा बडुवा टेन्डर ठेक्का मैले नै पाउनु पर्छ भनेर दौड धुप त झन गर्दै नगरौ । भ्रष्टाचारको बिउ यस्तै स्वार्थले रोप्ने हो । पुराना नेता कार्यकर्ता जस्तो म र मेरो काम हुनै पर्छ भन्ने भावना आजै त्यागौं । नेता परिवर्तन हुन मानेनन् जनताले व्यक्ति नै परिवर्तन गरिदिए । अब हामी जनता पनि परिवर्तन हुनपर्छ । हिजो २० गते सम्म सबैको नेता फरक थिए होला अब जस्लाइ जनताले चुने उ सबैको नेता हो । आफ्नो क्षेत्रको समस्या सोहि क्षेत्रको सांसदलाई राखौं। सांसदले संसद र सरकारलाई झक्झकाउने छन्। अब हामी पनि प्रक्रियामा चल्ने सचेत नागरिक बनौं । अनिमात्र बन्छ देश !

फिल्म, संगीत र ब्युटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीले बालेन र रास्वपाको जितमा खुसी जनाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?