News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
- राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई राष्ट्रिय झण्डाले सिँगारेर झकिझकाउ पारिएको छ।
- सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ४ः०० बजे आह्वान गरिएको छ।
२८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।
राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिँगारेर राष्ट्रिय झण्डाले झकिझकाउ पारिएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
Live Updates
सुरक्षा निकायका कानूनको परिमार्जन गरिने
सुरक्षा निकायसँग सम्बन्धीत कानूनह?को परिमार्जन गरिने बताइएको छ ।
‘बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको समसामयिक परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
अहिले सशस्त्र प्रहरी ऐन, नेपाल प्रहरी ऐन बन्ने क्रममै छन् । यी दुवै सुरक्षा निकायसँग सम्बन्धीत विधेयक यसअघि संसदमा प्रस्तुत भएका थिए । संसद विघटन भएसँगै निष्कृय भएका थिए ।
खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोडिने
सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
यस्तै खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
एकै दिनमा कम्पनी दर्ता गर्न पाउनगरी ‘स्टार्टअप नेपाल’ पोर्टल
सरकारले ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पूँजी लगायतका सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक उद्यमशील व्यवसायको रुपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने जनाएको छ ।
उत्पादन वृद्धि, लागत न्युनिकरण र खाद्यान्न आत्मनिर्भरता लागि नीतिमा सुधार र प्याकेजमा आधारित उत्पादन प्रणालीमार्फत कृषिमा यान्त्रिकीकरणलाई तिव्रता दिइने सरकारले घोषणा गरेको छ ।
विशिष्टिकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग र बजारसँग जोड्दै वैदेशिक रोजगराीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने बताए ।
बाली लगाउनुअघि नै कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।
राष्ट्रपति संसद भवनबाट बाहिरिए, बिदाइमा देखिएनन् बालेन
राष्ट्रपति रामचन्द्र पौडेल संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम वाचन गरेर बाहिरिएका छन् । राष्ट्रपतिले सम्बोधन गरिरहँदा बैठक स्थलबाट बाहिरिएका प्रधानमन्त्री बालेन्द्र शाह बिदाइका बेला पनि देखिएनन् ।

सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने
सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने नीति अवलम्बन गरिने बताइएको छ ।
आर्थिक वर्ष ३०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।
एकीकृत यातायात गुरुयोजना ल्याइने
सरकारले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जनको घोषणा गरेको छ । ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सडक, रेल, जल र हवाई यातायातलाई समेट्न एकीकृत यातायात गुरुयोजना ल्याउने घोषणा गरे ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली
संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् । अहिले उनको कुर्सी खाली छ ।

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने
सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । सरकारका तर्फबाट सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम पेश गरेका छन् ।
'सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ' राष्ट्रपतिले भनेका छन् । नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा सम्बन्ध हुने उल्लेख गरेका छन् ।
राष्ट्रपतिले विदेशस्थित नियोग मार्फत ब्रान्ड नेपाल अभियान चलाउने उल्लेख छ । पर्यटन पूर्वाधारमा विदेशी लगानी ल्याइउने पनि उल्लेख गरेका छन् ।

कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने
कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने बताइएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।
यसअघि पनि कारागारलाई सुधार गृहमा रुपान्तरण गरिने भन्दै पटक पटक नीति तथा कार्यक्रममा उल्लेख हुँदै आएको छ ।
कारागारमा अहिले पनि क्षमता भन्दा दोब्बर कैदीबन्दी हुने, झडप हुने, कारागार बसेर छुटेपछि फेरि विभिन्न अपराधमा संलग्न हुने क्रम समेत भेटिँदै आएको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य बनाइने
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यको रुपमा विकास गर्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
थप पढ्नुहोससुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने
सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने नीति अवलम्बन गरिने बताइएको छ ।
आर्थिक वर्ष ३०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । ‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र बाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ’ पौडेलले भने ।
सुरक्षा निकायलाई चाहिने तालिम, रणनीतिक दक्षतालाई पनि बिस्तार गर्दै लगिने बताइएको छ ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नशबन्दीदेखि पूर्वसूचना प्रणालीसम्म
सरकारले मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय र भौतिक क्षति कम गर्न सरकारले रणनीतिक योजना अघि सारेको बताए ।
मानव-वन्यजन्तु द्वन्द्व रोक्न पूर्वसूचना प्रणाली रोकथामका लागि भौतिक संरचना निर्माण र वन्यजन्तु संख्या व्यवस्थापनका लागि नशबन्दी तथा स्थानान्तरण जस्ता उपाय अपनाइने छ ।
विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाइने
विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिने सरकारले घोषणा गरेको छ ।
खोज उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमाण्ड बनाएर काम गरिने बताइएको छ ।
थप पढ्नुहोसमहिला उद्यमशीलता रणनीति, बौद्धिक अपांगता भएकालाई विशेष सहयोग
सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा सघाउने भएको छ । सरकारले महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै, सरकारले बौद्धिक अपांगता भएका बालबालिकालाई आवश्यक साधन र सहयोग गर्ने बताएको छ ।
पुँजीबजारको संस्थागत विकासका लागि विदेशी लगानी
सरकारले पुँजी बजारको विकास र विस्तारका लागि संस्थागत लगानीकर्ता भित्र्याउने नीति लिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले पुँजी बजारको विस्तारका लागि ऋणपत्र बजार र बन्ड मार्केटलाई पनि प्रभावकारी बनाउने घोषणा गरेको छ ।
‘भिजिट नेपाल २०८५’ मनाइने
नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ ।
आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे ।
यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ ।

सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष भित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८३ र ०८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए । तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायि बजेट कोड लागु गरिने पौडेलले बताए ।
‘असायह, अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पूर्नस्थापना सेवाको व्यवस्था गरिने छ,’ पौडेलले भने ।
त्यसैगरी अपांगता भएका व्यक्तिलाई उतमशीलता र रोजगारमुलक सीप प्रदान गरि आत्मनिर्भर बनाइने पौडेलले बताए ।
माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीलाई सेवामुखी बनाउने
सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए । गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए ।
वैदेशिक रोजगारमा जानेलाई छुट्टै लेन र सेवा, राष्ट्रियस्तरको कल्याणकारी कोष सञ्चालन
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलयुक्त बनाइने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दै यो जानकारी दिएका हुन् । सरकारले अत्याधुनिक सेवाशुल्क र श्रमशोषणविरुद्ध कारबाही गर्ने र वैदेशिक रोजगारमा जानेका लागि छुट्टै लेन तथा सेवा उपलब्ध गराइने समेत जनाएको छ ।
श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने, डिजिटल श्रम प्रणालीलाई लागू गरी न्यूनतम पारिश्रमिक सुनिश्चितता गर्ने र कार्यस्थलमा व्यवसायीक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । साथै सरकार, रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोष प्रभावकारी रुपमा परिचालन समेत गरिने सरकारले जनाएको छ । नीति तथा कार्यक्रममा बालश्रम निवारण सम्बन्धी प्रतिबद्धताको कडाइका साथ कार्यान्वयन गर्ने विषय पनि समेटिएको छ ।
ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने
नयाँ आर्थिक वर्षमा सरकारले ढुङ्गा गिटीको अवैध उत्खनन नियन्त्रण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त घोषणा गरेको हो ।
नागरिक उड्डयन प्राधिकरणमा संरचनागत सुधार
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार गर्ने बताएको छ । सरकारले नयाँ आर्थिक वर्षमा प्राधिकरण मातहतमा रहेको सेवाप्रदायक र नियमनकारी निकायलाई बेग्लाबेग्लै बनाउने घोषणा गरेको हो ।
सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति
सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीमा
सरकारले साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा विशेष आर्थिक क्षेत्रहरूको साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ ।
सरकारले उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न रणनीतिक योजना अघि सारेको छ । नीति तथा कार्यक्रम अनुसार आगामी वर्ष ग्रिन मार्केट भिलेज, सूचना प्रविधि ९आईटी० पार्क र कृषि उत्पादन केन्द्रहरू स्थापना गरिने छ ।
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए ।
‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यावन्यन गरिनेछ,’ पौडेलले भने ।

साहसिक पर्यटन सुदृढ गर्ने
१० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य
दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा
सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
थप पढ्नुहोससेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने ।
थप पढ्नुहोससमस्याग्रस्त सहकारीको कर्जा असुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ । यो कोषमा सरकारले बिऊ पुँजीका रुपमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । सो कोषमा समस्याग्रस्त सहकारीको कर्जा अशुलीको रकम तथा सम्पत्ति बिक्रीको पैसा सम्मा गर्ने व्यवस्था गरिएको छ।
साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा पनि राष्ट्रपतिले संसदका संयुक्त सभामा घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ । सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत् सो जानकारी दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यृक्रम प्रस्तुत गरिरहेका छन् ।
भूमिको नापक्सा आधुनिक प्रविधिबाट
सरकारले आधुनिक प्रविधिबाट भूमिको नापनक्सा गरी अभिलेख गरिने बताएको छ । संघीय संसद्मा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।

विदेशी लगानी सम्बन्धी ऐन संशोधन गरिने
सरकारले विदेशी लगानी सम्बन्धी ऐन संशोधन गरिने बताएको छ । नयाँ आर्थिक वर्षको लागि प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने उल्लेख छ ।
आयोजना नसकिएसम्म नेतृत्व परिवर्तन नगर्ने
सरकारले कुनै पनि आयोजना सम्पन्न नहुँदासम्म प्रमुख व्यक्तिलाई जिम्मेवारीबाट नहटाइने बताएको छ । सरकारको नयाँ वर्षको नीति तथा कार्यक्रममा यो व्यवस्था गर्न लागिएको हो ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने नीति लिने जनाएको छ । संघीय संसद्मा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्ध नयाँ आर्थिक वर्षमा शून्य सहशनीलता अपनाउँदै समृद्ध नेपालको आधारशिलाको रूपमा ग्रहण गरिने बताए ।
सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक सेवाहरूमा सुधार गर्दै आर्थिक पुनर्उत्थान अभियानका रूपमा अघि बढाउने उल्लेख छ ।
नेपाल लगानी भिसाको व्यवस्था
सरकारले नेपाल सरकारले तोके भन्दा बढी लगानी गर्नेलाई नेपाल लगानी भिसा उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार’
सरकारले नयाँ आर्थिक वर्षमा ‘सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार’लाई राष्ट्रिय आर्थिक रणनीतिका रुपमा आत्मसाथ गर्ने नीति अख्तियार गर्ने भएको छ ।
सबै आर्थिक कारोबारलाई नगदरहित बनाइने
सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने योजना अगाडि सारेको छ । सोमबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले कारोबार नगदरहित बनाइने बताए ।
थप पढ्नुहोसउद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने

सरकारले करको संरचना पुनरावलोकन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो ।
उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् ।
‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उनले वाचनका क्रममा भने ।
थप पढ्नुहोसराष्ट्रपति पुगे संसद बैठकमा

राष्ट्रपति रामचन्द्र पौडेल संसद बैठकमा पुगेका छन् । संसदको संयुक्त बैठक सुरु भएको छ ।
संसद्मा पेस भए अध्यादेशहरू

सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् ।
थप पढ्नुहोससांसदलाई विशेषाधिकार
प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको नयाँ नियमावलीले सांसदलाई विशेषाधिकार दिएको छ ।
थप पढ्नुहोसआगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
प्रतिक्रिया 4