+
+
Shares

रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको नेता गणेश पराजुलीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ९:५६

३० वैशाख, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।

यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको पराजुलीले फेसबुकमा लेखेका छन् ।

रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति र सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन समेत गरेको छ ।

रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ । वैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ ।

तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ ।

वैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?