+

फिफा विश्वकप २०२६ : लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

२०८३ जेठ  २ गते १०:०० २०८३ जेठ २ गते १०:००
फिफा विश्वकप २०२६ : लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेल्जियमले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
  • टोलीमा चोटसँग संघर्ष गरिरहेका रोमेलु लुकाकु समावेश भएका छन् ।
  • थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सल चौथो पटक विश्वकप खेल्ने टोलीमा परेका छन् ।

२ जेठ, काठमाडौं । बेल्जियमले रोमेलु लुकाकलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ ।

रेड डेभिल्सको रुपमा चिनिने बेल्जियमले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक रुडी गार्सियाले लुकाकुलाई आउट अफ सेप भनेपनि टोलीमा समावेश गरेका छन् । चोटसँग संघर्ष गरिरहेका लुकाकुले गत सिजन जम्मा लिगमा ६९ मिनेट मैदानमा बिताएका थिए ।

लुकाकुसँगै थिबाउट कोर्तवा, केभिन डे ब्रुएना र एक्सल विट्सल चौथो पटक विश्वकप खेल्ने टोलीमा परेका हुन् ।

समूह जी मा रहेको बेल्जियमले इजिप्ट, इरान र न्युजिल्यान्डसँग खेल्नेछ ।

बेल्जियमको टोली

गोलकिपर : थिबाउट कोर्तवा, सेने लामेन्स, माइक पेन्डर्स

डिफेण्डर : टिमोथी कास्टाग्ने, जेनो डेबास्ट, म्याक्सिम डे क्युपर, कोनी डे विन्टर, ब्रान्डोन मेचेले, थोमस मुनिएर, नाथान एगोए, ज्याक्विन सेयस, आर्थर थिएट

मिडफिल्डर : केभिन डे ब्रुएना, अमाडोउ ओनाना, निकोलस रास्किन, युरि थिलेमन्स, हान्स भानाकेन, एक्सल विट्सल

फरवार्ड : चार्लस डे केटेलाएरे, जेरेमी डोकु, मातिएस पर्नान्डेज, रोमेलु लुकाकु, डोडी लुकबाकियो, डिएगो मोरेइरा, एलेक्सिस साएलेमाएकर्स, लिएन्ड्रो ट्रोसार्ड

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय