+

वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन जेठ ९ गते हुने

२०८३ जेठ  ३ गते ९:२२ २०८३ जेठ ३ गते ९:२२
वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन जेठ ९ गते हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन नेपालसहित ३७ देशका ११२ शहरमा जेठ ९ गते एकै दिन आयोजना हुने भएको छ।
  • एनएसआर स्पोर्ट फाउण्डेसनले विगत ३ वर्षदेखि नेपालमा वान रन हाफ म्याराथन आयोजना गर्दै आएको छ।
  • प्रतियोगितामा करिब १२०० धावक सहभागी हुनेछन् र दौड पाटन मंगलबजारको कृष्ण मन्दिर अगाडिबाट सुरु हुनेछ।

३ जेठ, काठमाडौं । नेपालमा खेलकुद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ ९ गते आयोजना हुने भएको छ ।

एनएसआर स्पोर्ट फाउण्डेसनको सहकार्यमा ‘एएनओ हिरो रेस’ को आयोजनामा वान रन अन्तराष्ट्रिय स्तरको हाफ म्याराथन नेपालसहित संसारभरीका ३७ देशका ११२ शहरहरुमा एकै दिन हुनेछ ।

एनआरएस फाउण्डेसनले विगत ३ वर्ष देखि नेपालमा यस दौडको आयोजना गर्दै आएको छ । सन् २०२३ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस अन्तर्राष्ट्रिय दौडले स्वस्थ जीवनशैली अपनाउन प्रेरणा प्रदान गर्नुका साथै नेपाली तथा विदेशी धावकहरूबीच खेलप्रतिको आकर्षण वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेसनको भनाइ छ ।

फाउण्डेसनका अनुसार यस वर्षको प्रतियोगितामा करिब १२०० धावक तथा धाविकाहरूको सहभागिता रहनेछ । प्रतियोगितामा हाफ म्याराथन (२१ किमि), १० किमि, ५ किमि तथा १ किमि विधामा दौड सञ्चालन गरिनेछ ।

दौड पाटन मंगलबजारको कृष्ण मन्दिर अगाडिबाट सुरुभै स्वही स्थानमा दौड अन्त्य हुनेछ । यस वर्ष १ किमी वाकाथनमा नेपालका लागी विभिन्न कुटनैतिक नियोग तथा विभिन्न मन्त्रालयका उच्च पदस्त अधिकारीहरुको सहभागीता हुने आयोजकले जनाएको छ ।

दौड जेठ ९ गते विहान साढे ६ बजे सुरु हुनेछ र साढे ८ बजे समापन हुने आयोजकले जनाएको छ ।

वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय