+

नेपाल सुपर लिग भदौमा, सहभागी टिम बढ्यो, होम र अवे फर्म्याटमा हुने

२०८३ जेठ  ३ गते १४:४९ २०८३ जेठ ३ गते १४:४९
नेपाल सुपर लिग भदौमा, सहभागी टिम बढ्यो, होम र अवे फर्म्याटमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुपर लिग फुटबलको चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ।
  • प्रतियोगिता होम एण्ड अवे डबल राउण्ड रोविन फर्म्याटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
  • यस संस्करणमा १० क्लब सहभागी हुनेछन्, जुन तेस्रो संस्करणको ७ टोलीभन्दा बढी हो।

३ जेठ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यसपटक होम एण्ड अवे डबल राउण्ड रोविन फर्म्याटमा सञ्चालन हुने जनाएको हो ।

यस संस्करणमा १० देखि १२ क्लब सहभागी हुने आयोजकले जनाएको छ । यसअघि तेस्रो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सहभागी टोलीका लागि निश्चित क्राइटेरिया बनाउने र त्यसबारे जानकारी दिँदै जाने आयोजकको भनाइ छ ।

आयोजकले यसबाट नेपाली फुटबलको अर्को अध्याय सुरु हुने जनाएको छ ।

नेपाल सुपर लिग नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय